प्रहरीले पश्चिम नवलपरासीबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला स्तरका २ नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी छन् । प्रहरीका अनुसार अन्सारीलाई बिहीबार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको हो ।
५७ वर्षीय अन्सारी रामग्राम १०, नदवास्थित निवासबाटै पक्राउ परेका हुन् । २२ वर्षीया भण्डारी भने पश्चिम नवलपरासीको बासाचोकबाट पक्राउ परेकी हुन् ।