रुपन्देहीमा ३ जना चढेको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ४, शान्तिटोलका २८ वर्षीय अजित सलामी थापा छन् । स्कुटरको पछाडि बस्ने सैनामैना ३ का सञ्जय पटेल र विक्रम थारू रहेको प्रहरीले जनाएको छ । पटेल र थारुको अवस्था सामान्य छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल २, पाखापानीमा लु.१च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु.३६प ४३१४ नम्बरको स्कुटर बिहीबार बिहान ठोक्किएको थियो ।