गण्डकी प्रदेशमा ११ महिनाको अवधिमा ४ सय १७ दुर्घटनामा २ सय ३३ जनाले ज्यान गुमाएका छन् । ती घटनामा ७ सय ७५ जना घाइते भएका छन् । अघिल्लो वर्ष अघिल्लो आर्थिक वर्षमा दुर्घटनाकै कारण ३ सय ३३ जनाको ज्यान गएको थियो ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार जति पनि दुर्घटना चालककै लापरबाहीले भएका छन् । चालकको लापरबाही, ओभरटेक, मादकपदार्थ सेवन (मापसे) र गाडीमा ओभरलोड हालेर चलाउँदा अधिकांश दुर्घटना भएका छन् ।
गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी वीरेन्द्र बस्यालका अनुसार यान्त्रिक गडबडी, सडकको अवस्था, पैदलयात्रुका कारणभन्दा बढी चालककै लापरबाहीले भएका धेरै दुर्घटनामा ज्यान गएको छ । यो वर्षमा २८ दुर्घटना यात्रुका गल्तीका कारण भएका छन् । ‘यात्रुले गर्ने हेलचक्याइँ र असावधानीले पनि दुर्घटना निम्तिएको छ,’ बस्याल भन्छन् ।
दुर्घटना र मृत्यु हुनेको संख्या भने घट्दै गएको बस्यालले बताए । नागरिक सचेत हुँदै गएका कारण र दुर्घटना हुनेबित्तिकै प्रहरी छिटो घटनास्थलमा पुगेर उद्दार गर्न सहज भएकाले दुर्घटना कम हुँदै गएको उनको दाबी छ । पहिले विशेषगरी ग्रामीण क्षेत्रमा हुने दुर्घटनामा
जेठ मसान्तसम्म २ सय ४७ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि दुर्घटना हुनेमा बस, ट्रक, जिप छन् । १ सय १८ बस दुर्घटनामा परे भने ७४ ट्रक र सोही नै संख्यामा जिप कार दुर्घटनामा परेका छन् ।
जुनसुकै सवारी साधन दुर्घटनामा परे पनि ज्यान गुमाउनेमा भने युवा नै हुन्छन् । कारण युवा उमेर समूहका व्यक्ति नै बढी चालक छन् । ‘दुर्घटनामा पर्ने र गराउने दुबै युवाकै संख्या बढी छ,’ प्रमुख बस्यालले भने ।१६ देखि २५ उमेर समूहका यो वर्ष १ सय ९३ दुर्घटनामा संलग्न छन् भने २५ देखि ४० उमेरसमूहका २ सय ७८ दुर्घटनामा संलग्न रहेको तथ्यांकले देखाउँछ । ४० भन्दा माथिका उमेर समूहका व्यक्ति भने कम नै दुर्घटनका कारण बनेका छन् । ९९ दुर्घटनामा यो उमेर समूहका व्यक्ति संलग्न छन् ।