रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई कैदीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिकाका ४० वर्षीय रमेश कुमार चौधरी र रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका २६ वर्षीय मुकेश भन्ने निर्मल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउँसो ३ बजे बालचनपुर भन्ने स्थानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको थियोे ।