सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्राम चन्द् (विप्लव)को गाँउमा २ दिन स्वास्थ्य शिविर सञ्चालन भएको छ । उक्त शिविर नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को गाउँ कपिलवस्तुको शिवगढीमा उनका छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय विरामीले सेवा लिएका छन् ।
उनका अनुसार कपिलवस्तुस्थित शिवराज नगरपालिका ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर चलाएको हो । करीव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका थिए ।
स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहेछ’ प्रकाशले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं ।दुइ दिनमा २६ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियाे। सो गाउँमा एउटा स्वास्थ्य चौकी मात्रै रहेको छ ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा विप्लवका छोरा प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी थिए ।
अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश अहिले प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन् ।