पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजता तामाङको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। १९ वर्षका अस्मिन भन्ने घनेन्द्र लावतीलाई प्रहरीले पाँचथर प्रहरीले सार्वजनिक गरेको छ ।
मङगलबार सेर्पेचा र रातमाटे टोलमा दुईवटा बैठक सञ्चालन गरेर फर्किएकी तामाङको हिलिहाङ–६, स्थित केराबारीस्थित सिटे भन्ने जङगलमा हत्या गरेर गाँउमै लुकिछिपि बसेका उनलाई प्रहरीले पक्राउ गरेर अाज सार्वजनिक गरेकाे हाे ।