कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरूको शव तीन दिनसम्म पनि फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाई दाहसंस्कार गरेका छन् ।
हिन्दु परम्पराअनुसार परालको पुत्ला बनाएर दाहसंस्कार गरिएको हो । निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले दाहसंस्कार गरिए पनि खोजी जारी रहेको बताए ।
दुर्घटनास्थलमा गोताखोरसँगै प्रहरी र जनप्रतिनिधिहरू बेपत्ताको खोजीमा जुटिरहेका छन् । दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ ।गाउँपालिका उपाध्यक्षसहित सात स्थानीय गुमाएपछि खार्पुनाथमा शोक डुबेकाे छ । शोकमा गाउँपालिकाले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।