जलविद्युत आयोजनाहरुको हव भनेर चिनिने लमजुङका नागरिकहरुलाई खानेपानीको समस्याले भने पिरोलेको छ। आफ्नै घर छेउमा धमाधम निर्माण भईरहेका आयोजनाहरुले मुहार उज्यालो बनाउनु भन्दा थप पिडा दिएको स्थानीयले बताएका छन्।
२७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजनाले सुरुङ खन्ने क्रममा पानीको मुहानहरु भाँसिएर सुरुङ भित्र गएपछि स्थानीहरु खानेपानीको चपेटामा परेका छन्।
दोर्दी खोला जलविद्युत आयोजनाको सुरुङले गर्दा पानी मुहान सुक्दै गएपछि बेसीशहर नपा– ११ का बाँनीय पधेँरी, भोर्ले, टिपुरे मिजार गाउँ र दलित बस्ती गरि २ सय ५० घरधुरीमा खानेपानीको हाहाकार भएका छन्। जलविद्युत आयोजनालाई धेरै पटक जानकारी गराउँदा पनि कुनै चासो दिएको छैन्। पानीको मुहान सुक्न थालेपछि गाईवस्तु, खेतीपाति गर्ने समेत समस्या भएको बेसीशहर नपा–११ वाँनिया पधेराका स्थानीय कृष्ण माया क्षेत्रीले बताईन्।
आयोजनाले सुरुङ खन्दा सावधानी नअपानाउँदा गाउँमा पानीको मुहान सुकेको स्थानीयहरुको आरोप छ। गाउँमा रहेका खानेपानीका मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको बेसीशहर नपा– ११ का मधुमाया परियारले बताईन्। गत वर्ष मुहानमा पानी प्रशस्त थियो अहिले पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न निकै समस्या भएका छन्।
गत वर्ष खानेपानीको मुहानमा पानीको मात्र कम देखिन थालेपछि बेसीशहर नपा– ११ वाँनिया पधेरीमा जलविद्युत आयोजनाले खानेपानीको ट्याङ्की निर्माण गरि स्थानीयलाई पानीको व्यवस्था गरिएको थियो। पछिल्लो समय विस्तारै मुहान सुक्न थालेपछि जलविद्युत आयोजनाकै कारणले गर्दा पानीको मुहान सुकेको भन्ने एकिन हुन सकेको छैन् , यदि जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा समस्या देखिएको भए पानीको स्रोतको पहिचान गरि स्थानीय सरकारसँग समन्वय गरि खानेपानीको व्यवस्थापन गर्ने २७ मेगावट दोर्दी खोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत मिथुन विष्टले बताए।
परापूर्वकाल देखि आफूहरु बस्दै आएको थापथलोमा जलविद्युत आयोजनाले निर्माणको काम गर्दा लापारवाही गर्ने नहुने स्थानीयको भनाई छ।