लागुऔषध मुद्दाका फरार अभियुक्तलाई ६ंं वर्षपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शनिबार पक्राउ गरेका छ।
फरार रहेकी साविक कपिलवस्तु नगरपालिका वडा नं. १ (हाल कपिलवस्तु नगरपालिका वडा नं.२) वस्ने ४० बर्षीया सन्जु भन्ने राधा कहारलाई प्रहरीले शनिबार पक्राउ गरि जिल्ला अदालतमा बुझाएको छ।
अभियुक्तलाई २०६९ बैशाख २८ गते जिल्ला अदालत कपिलवस्तुले लागुऔषध मुद्दामा ५ बर्ष कैद र ५,००० जरिवाना फैसला गरेको थियो।