देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा भए पनि अध्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ ।
विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । गर्मीले पशु-चौपायालाई पनि निकै सताएको छ ।
यसैबीच नवलपुरको गैंडाकोट नगरपालिकाले अत्यधिक गर्मीले त्यहाँका सबै विद्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २, ३ र ४ गते नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा भन्दै सूचनासमेत जारी गरेको छ ।
गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री भने बढेको छ । लामखुट्टेले तराईका बासिन्दालाई सताएको छ । अस्पतालमा बिरामीको घुँइचो लागेको छ ।