‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उनले भने । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।
अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ । महाशाखा प्रमुख थापाले असारको पहिलो हप्तासम्म बोलपत्र मूल्याङ्कनको प्रतिवेदन आउने बताए । अहिले जापानी परामर्शदाता कम्पनीबाट बोलपत्र मूल्याङ्कन भइरहेको जानकारी समेत उनले दिए । गाेरखापत्र दैनिकम खबर छ।