गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका ४, नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
ध.१ज ५१३ नम्बरको ट्याक्सी गएराति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका ४ नुवाकोटका मनबहादुर खत्रीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइते हुनेमा नुवाकोटका सवारीधनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की छन् । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । -रासस