पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारी पक्राउका क्रममा बुधबार बिहान करिब साढे ११ बजेतिर गोली चलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खुट्टामा गोली लागि घाइते भएका लागूऔषध कारोबारी गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको गोली प्रहारबाट एक प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ ।
रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएरपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि आक्रमण गरी भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा खुट्टामा लागेको थियो । थापाको साथबाट प्रहरीले डाइजोपान, नुर्फिन, फेरार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको छ ।