सरकारले संसदमा पेश गरेको नेपाल मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै रामेछापका पत्रकार सञ्चार सामाग्रीसहित शुक्रबार बिरोधमा उत्रिएका छन् । निष्पक्ष,स्वतन्त्र,मर्यादित र उत्तरदायी पत्रकारिता विकासको नाममा ल्याउन लागेको बिधेयक प्रेस मैत्री नभएको भन्दै उनीहरुले १ घन्टा सडकमा धर्नासहित विरोध जनाएका हुन् ।
कार्यक्रमकमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले संसदमा पेश भएको विधेयक प्रेस काउन्सिलको स्वयत्तता समेत नरहने गरि सरकार नियन्त्रित बनाउन खोजिएको र पत्रकारहरुले आचार संहिता उल्लघन गरेमा कठोर सजाय दिने दफा विधेयकमा राखिएकोले संसोधनका लागि आन्दोलित भएको बताए ।
शुक्रबार मन्थलीको देबकोटा चोकमा भएको कार्यक्रममा स्थानीय पत्रकारहरू आफ्ना संचार सामाग्री सहित १ घण्टा धर्नामा बसेका हुन् ।