आनन्द ढुंगाना, राजेश्वर नेपाली, गिरिशचन्द्र लाल, विमलेन्द्र निधि, स्मृति नारायण चौधरी र समिर घिमिरेजीहरूलाई याद आउँदो होला पञ्चायतकालमा जागेको जनकपुरका टोले मण्डलेहरूकाे जगजगी।
अहिलेको जनकपुरको सामाजिक-राजनीतिको रूपान्तरणलाई नियाल्दा जनकपुरले अपनाउन लागेको अद्वैतवादी सामाजिक-राजनीतिक वैचारिक बाटोले चिन्तित तुल्याउँछ। जनकपुरका विजय झुनझुनवालाले आफ्नो गुडविल होटेलमा सधैं नि:शुल्क कोठा उपलब्ध नगराई दिएको भए कतै एक रातको बास पाउन पनि गजेन्द्र नारायण सिंहलाई उपठ्यारो रहेको जनकपुर मधेसको नामबाट प्रादेशिक राजधानी भएको छ। राम्रै कुरा हो।
जनकपुरका लागि सबैले आर्जन गरिदिएको प्रारब्ध हो। यसर्थ, जानकी मन्दिरकाे गजुर बोक्नसम्म त सबै तयारै छन्। तर, अब जनकपुरको मस्तिष्कमा रमरम गर्न थालेको मोदकको मातमा पनि सबै मातिनु पर्ने दिन आएको छ।
अहिले एउटा फुच्चे र टुक्रे भूगोल पाएको, वित्तीय अर्थमा टपरे अवस्थामा रहेको, बेनामे-आफ्नो भाषा पनि नपाएको मधेसको यो कट्टी प्रदेश रंग भने अपनाउन हतारो गर्दैछ। भगवा रंग! जनकपुरतिर हेर्दा पञ्चायत व्यवस्थाको अन्तिम वर्षहरूमा काङ्ची मठका शंकराचार्य जयन्द्र सरस्वतीको नेपालमा चुरिफुरिको पो स्मरण हुँदैछ।
शासन सत्ताको सन्दर्भमा दुधमुखे जनकपुर भारतमा अति जातीय राजनीतिको धर्मान्ध शासनमा अवनीतिपूर्ण रूपान्तरणको अभ्यास गर्दैछ कथित प्रदेश नम्बर २ ले। काठमाण्डूको रंग चढ्दैछ जनकपुरमा!
ठीकै छ!
'आओ रानी हम उठाएङ्गे पालकी, यही राय है जवाहर लाल की!'
-जयप्रकाश गुप्ताकाे फेसबुकबाट साभार