प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार साँझ बालुवाटारमा बोलाएर संसद्, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल गरेका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ ।दाहालले सबै राजनीतिक दललाई राष्ट्रिय मुद्दामा मिलाएर लैजान पहल गर्दै आएका छन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर लगातार संसद अबरुद्ध गर्दै आएको छ । सहकारी ठगीमा संलग्नता रहेको भन्दै लामिछानेबिरुद्ध उजुरी परेकाले कारबाहीका लागि संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।