सङ्घीय संसद्को हिउँदे अधिवेशन साेमबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।
प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
यसैबीच, प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा माघ २२ गते सोमबारदेखि १५ फागुन सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको सार्वजनिक गरिएको छ ।
जस अनुसार माघ महिनामा दुई दिन मात्र २२ र २४ गते प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । त्यसै गरी क्यालेन्डरमा बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि उल्लेख गरिएको छ ।सार्वजनिक क्यालेण्डर अनुसार फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम राखिएको छ ।