बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्।
सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कर्यकर्ताले आज सामूहिक रुपमा पार्टी छाडेका हुन्।
उनीहरुले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टी भित्रको गुट उपगुट र नेतृत्वमा रहेको स्वार्थीपनाका कारण पार्टी छाडेको उल्लेख छ।
रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव छन्। यसैगरी, ज्ञान गोडिया, मनोजकुमार गोडिया, महेश गोडिया, रामकुमार चमार, खुशीराम थारु, महेशकुमार चौधरी, धिरेन्द्रबहादुर वली, सुरेशकुमार खत्री, मेनुका परियार, ज्ञानेन्द्र श्रेष्ठ, शान्ति कार्की, धाबहादुर डाँगी, केष्णबहादुर वली, सुरेश गोडिया, बिरमन पुलामी, अर्जुनबहादुर प्रधान,संदिप ढुंगाना र बिमलबहादुर गौतम रहेका छन् ।