एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन्।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा ओलीमाथि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा मुक्का प्रहार भएको हो। लेगुवाकै महेश राईले उनलाई मुक्का हानेका हुन्।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन्।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए। मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ।