कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गामुढा प्रहार भएको छ । मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले बाक्लाे सुरक्षाकर्मीलाई छल्दै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार गरेको हो ।
ढुङ्गा प्रहारबाट मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मी जानकारी दिए ।प्रहरीले मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य जारी राखेको छ।