नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले कांग्रेस कार्यकर्ताले गुट र उपगुटका नाममा खुलेका उपविश्वविद्यालय नभई सानेपामा रहेको पार्टी कार्यालय गएर कांग्रेसको नीति र सांगठनिक मुद्धामा बहस केन्द्रित गर्न आग्रह गरेका छन्।
बिजया दशमी तथा शुभ दिपावाली र छठ पर्बको अबसरमा नेपाली कांग्रेस रामेछापद्धारा शनिवार आयोजित शुभकामना आदान प्रदान तथा स्थानीय तहका निर्बाचित जन प्रतिनिधिले खेल्नुपर्ने भूमिका सम्बन्धी प्रशिक्षण कार्यक्रममा निर्देशक दाहालले गुटगत रुपमा नेता, कार्यकर्ता विभक्त हुँदा पार्टीमा समस्या आएकोले सांगठनिक मुुद्धामा बहस गर्न आग्रह गरेका हुन्।
कांग्रेसका कार्यकर्ताहरु असल र चरित्रवान हुनुपर्ने भन्दै उनले यसले सिंगो पार्टी र लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने भएकोले सोहि अनुरुपको ब्यवहार देखाउन सके मात्र सिंगो कांग्रेस जनप्रति जनताको बिश्वास बढ्ने बताए।
कांग्रेस जिल्ला सभापति लबश्री न्योपानैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीबाट स्थानीय निकायमा निर्बाचित प्रमुख, उपप्रमुख वडा अध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गरिएको थियो।