रुकुम पश्चिम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश खडकबहादुर केसीको इजलासले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको घटनामा हाल पुर्पक्षमा थुनामा रहेका तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत २३ जनालाई जन्मकैदको सजाय सुनाएको हाे।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ ।घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् ।
यसअघि सर्वोच्च अदालतले ८ जनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना हत्या भएको थियो ।