Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, October 03, 2023 | मंगलबार, असोज १६, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सुवास नेम्वाङ गुटगत स्वार्थबाट मुक्त समन्वयकारी नेता
रासस
रासस काठमाडौं, २६ भदौ 
सुवास नेम्वाङ गुटगत स्वार्थबाट मुक्त समन्वयकारी नेता
हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उहाँको अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन्, उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेल्नुभएको भूमिकाको स्मरण गर्न भुलेका छैनन्।
 
श्रद्धाञ्जलि दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता थिए। मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदाना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जलि दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्किइन्।  
 
श्रञ्द्धाजलि दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सकेनन्। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उहाँकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्कनुभयो । यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन्।
 
नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उनलाई श्रद्धाञ्जलि दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिकरुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जलि दिए। श्रद्धाञ्जलि दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ।  
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय  पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलिका लागि च्यासल पुगेका थिए।  
 
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलो संविधानसभा असफल भएपछिको दोस्रो संविधानसभामा पनि नेम्वाङ अध्यक्ष नहुनुभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गर्छन्। पोखरेलले भने, ‘‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो।’’
 
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि आफ्ना स्मरण सञ्चारकर्मीमाझ पस्कँदै भने, ‘‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ।’’ उनले ‘नेम्वाङलाई आफूले राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन एक बहुआयामिक व्यक्तिका रुपमा बुझ्ने बताए।   
 
 नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहनुभएको उल्लेख गर्दै भने, ‘‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो।’’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उहाँकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उहाँको साझा व्यक्तित्व झन् उजेलिएको थियो। त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो।
  
नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए। 
 
एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे। एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताए। 
नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एमाले केन्द्रीय कार्यालयमा बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उहाँको पार्थीव शरीर राखिने छ।  
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०६:४२:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
  • स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
  • दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
  • देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौंः अर्थमन्त्री डा. महत
  • कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: नेता निधि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस 2
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा? 3
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन 4
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने  5
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP