कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्।
कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले थापालाई बिहिबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन्। शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ।