Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, October 03, 2023 | मंगलबार, असोज १६, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक भएको मन्त्री बस्नेतको भनाई
रासस
रासस सिन्धुपाल्चोक, २१ असार
तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक भएको मन्त्री बस्नेतको भनाई
null
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। 
 
भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बिहिबार उद्घाटन  गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्नसक्नुपर्ने बताए। “हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन। नाका खुलाउन सरकारले कूटनीतिक ढङ्गले चीन सरकारलाई विश्वस्त गर्न सक्नुपर्छ”, उनले भने, “राजनीतिक तहमा कुरा भइरहेको छ। तर सुरक्षाको विषयलाई लिएर रोकिएको हामीले बुझेका छौँ।”
 
भूकम्पअघि चीनसँगको मुख्य व्यापारिक नाका रहेको तातोपानी त्यसयता बन्दप्राय छ। नाका बन्द हुँदा उक्त क्षेत्रका बासिन्दाको जनजीवनमा त्यसको असर देखिएको उनको भनाइ छ। “नाका सञ्चालन नहुँदा जनताले दुःख पाएका छन् । बस्ती मसानजस्तो भएको छ । यहाँ वैकल्पिक उद्यम व्यवसायका लागि अरु विकल्प पनि छैनन्”, मन्त्री बस्नेतले भने। 
 
मन्त्री बस्नेतले सडकलगायत पूर्वाधार निर्माणमा गुणस्तरीय काम हुन नसकेको र वर्षान्तमा हुने बजेट खर्च पनि रोक्न नसकिएको बताए। “प्राविधिक सल्लाहविना सडक संरचना बनाउँदा पहिरोको जोखिम बढेको छ। गुणस्तर निरीक्षणको काम पनि प्रभावकारी छैन। सडक, पुल बनाउँदा गुणस्तर पुर्याइएको छ वा छैन भनेर निरीक्षण गर्ने काम पनि निष्पक्ष रुपमा हुन सकेको छैन”, स्वास्थ्यमन्त्री बस्नेतले भने। हतारमा काम गरेर आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्ने प्रवृत्ति रोक्न नसकिएको पनि उनले स्वीकारे। 
नागरिकलाई आधारभूत तहको शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति गराउन सरकारले पहल गरिरहेको र आर्थिक रुपमा विपन्नलाई यस्तो सुविधाको ग्यारेन्टी सरकारले गर्ने मन्त्री बस्नेतको दाबी छ। “आर्थिक रुपमा कमजोर र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन अस्पतालले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था सरकारले कडाइका साथ कार्यान्वयन गरिरहेको छ। अबको तीन महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलै परिवर्तन गर्छौँ”, उनले भने। 
 
चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि न्यून बजेटका बाबजुद पनि राम्रो नतिजा निकाल्ने गरि काम गरिरहेको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो । भोटेकोशी गाउँपालिकाकाले कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेकोमा उक्त कदम सराहनीय रहेको पनि उहाँको भनाइ छ । 
 
नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले नागरिकलाइ सेवा प्रवाहमा थप सहजता आउने विस्वास व्यक्त गर्नुभयो । “नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो पहिलोे कर्तव्य हो । अब पालिकाबाट हुने सेवा प्रवाहमा सहजता आउनेछ र प्रशासनिक झन्झट कम हुने विश्वास छ”, उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष शेर्पाले पनि तातोपानी नाका सहज रुपमा सञ्चालनमा आउन नसक्दा त्यहाँको व्यावसायिक गतिविधि ठप्प भएको र मानिसहरु पलायन हुनुपरेको बताउनुभयो ।
 
 विसं २०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो। अहिले उक्त बजार पूर्णरुपमा बन्द छ। चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ। भौगर्भिक अध्ययनपछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको भन्दै चीनले बस्ती सारेको हो। अहिले त्यहाँ चिनीयाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ। चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ। 
 
खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चाँसो देखाएको छैन। नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सार भन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबलेसमेत त्यहाँ उपयुक्त भएपनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ। हाल तातोपानी नाकाबाट स्याउ, खुद्रा सामान, जलविद्युत् आयोजनाका मेसिनलगायत सामान फाट्टफुट्ट रुपमा मात्रै आइरहेको र नेपालबाट हुने निर्यात भने ठप्प भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले जानकारी दिए। 
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०, १०:४१:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
  • स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
  • दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
  • देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौंः अर्थमन्त्री डा. महत
  • कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: नेता निधि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस 2
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा? 3
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन 4
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने  5
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP