नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ।
उक्त प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी लगाएतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरुलाई सरकारी वलिकको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालत लगेको थियो । सो क्रममा अदालते थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यसअघि सोमबार प्रहरीले शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो।
जिल्ला सरकारी वकील कार्यालयले बुधबार अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ। शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरुबाट २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगाएत १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको छ ।