Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छः प्रधानमन्त्री दाहाल
स्पेसखबर
स्पेसखबर बारा, ७ वैशाख
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा बिहिबार पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “विमानस्थल निर्माणसम्बन्धी सबै प्रक्रिया सुरु भइसकेको छ, चाँडै शिलान्यास हुन्छ र निर्माणको काम अगाडि बढ्छ।”

मुलुकको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने भएकाले निजगढ विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ थियो।

पशुपति विकास कोष र लुम्बिनी विकास कोषजस्तै बाराको गढीमाई क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरिने घोषणा गर्नुहुँदै प्रधानमन्त्री दाहालले यसबाट गढीमाई क्षेत्रको मात्र नभई मुलुककै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

हाल बन्द रहेको मटियर्वा भन्सारलाई सञ्चालन गर्न सरकारले तयारी थालेको र छिट्टै भन्सार सञ्चालनमा आउने उनको भनाइ थियो। विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए।

संविधानको रक्षा गर्नका लागि नै पाँचदलीय गठबन्धन भएको जिकिर गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता दिगो शान्ति, विकास, समृद्धि सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे। सङ्घीयता, समावेशिता र गणतन्त्रको रक्षाका लागि आन्दोलनको बलमा गठबन्धन बनेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन पूरै पाँच वर्ष चल्नेमा ढुक्क रहेको बताए। मुलुकको अर्थतन्त्र धर्मराएको बेला आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्रले पुनः गति लिन थालेको बताए।

समावेशिता, सङ्घीयता, गणतन्त्रजस्ता परिवर्तनलाई संस्थागत गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको प्रतिनिधिसभामा उपस्थिति आवश्यक रहेको औँल्याउनुहुँदै उनले जसपा अध्यक्षको जित सिङ्गो मुलुकको जित हुने भएकाले जिताउन मतदातासँग आग्रहसमेत गरे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिध्याउने षड्यन्त्र भइरहेकाले षड्यन्त्रलाई चिर्न र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए।
मधेसप्रति समर्पित नेताका रूपमा रहनुभएका जसपा अध्यक्ष यादवलाई पाँच वर्ष काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्दै उनले निर्वाचनपछि बाराको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न र कानूनी राज्यलाई परिपालना गराउने दिशामा यो गठबन्धन लागिपरेको बताए। “मुलुक बनाउन, संविधानको रक्षा गर्न, जनतालाई न्याय दिलाउन पाँचदलीय गठबन्धन बनेको हो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “विगतमा संविधानलाई समाप्त पार्न र मुलुकलाई बर्बाद गर्न के–के भयो ? भन्ने कुरा हामी सबैलाई थाहै छ, यदि त्यतिखेर गठबन्धन नभएको भए मुलुक बर्बाद भइसकेको हुन्थ्यो”, उनले भने।

निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुहुँदै उहाँले गठबन्धनको नेता जसपा अध्यक्ष यादव चुनाव जितेर आएपछि यहाँका जनताको इच्छा पूरा हुने दाबीसमेत गरे।

आमसभामा पाँचदलीय गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार तथा जसपाका अध्यक्ष यादवले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकलगायतका समग्र विकासलाई अघि बढाउने बताए। निजगढ विमानस्थल निर्माण, भारतीय सीमा नाकादेखि राजमार्गसम्मको सडकलाई चार लेनमा स्तरोन्नति गर्ने, किसानलाई सिँचाइ र घरवारविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने आफ्नो प्रमुख एजेण्डा भएको प्रष्ट पारे।

लोसपाका नेता तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनलले तराई मधेसको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने दाबी गरे।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०, ०६:३३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरणमा सरकारसँग लिखित जवाफ माग
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP