Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
रासस
रासस तुलसीपुर, १० चैत
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो। स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो। तर स्थानीयले हिम्मत हारेनन्। पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे।

कक्षा ३ बाट पठनपाठन सुरु गरियो। विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन। गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए। “मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ। त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने।

त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ। हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ। नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ। नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए।

विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन्। “सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ”, उनले भने, “अहिले चार सय ५० विद्यार्थी छन् ।” प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन्। विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ। विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन्।

घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरतछन्। उनीसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर जानुभएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए। केही समय उनले निःशुल्क काम गरे। “सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाए”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भन्नुभयो, “छ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ।”

“नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ”, अभिभावक निर्मल परियारले भने।

उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ। आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए। उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे।

“उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्”, निरीक्षक भण्डारले भने, “विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन्।” आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ। हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन्।

घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन्। विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ। “अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ”, विद्यार्थी लीला चलाउनेले भनिन, “अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।”

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, ०७:०८:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • वर्षामा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क
  • उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट
  • निजी छोडेर सामुदायिक विद्यालयमा
  • आज बालबालिकालाई नियमित खोप लगाइँदै
  • महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ
  • ‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
  • ताजा समाचार
  • ट्रेण्डिङ

शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP