बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन्।
प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो। प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो।
प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन्।