नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको नेतृत्व गर्ने ठाउँमा आफू छिट्टै पुग्ने बताएका छन्।
बुधबार कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहलले प्रधानमन्त्री बन्ने संकेत गर्दै यस्तो बताएका हुन्। उनले देशको नेतृत्व आफूले गर्न पाए आफूले भ्रष्टाचार नियन्त्रण गर्ने योजना पनि बताए।
दाहालले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम ग¥यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’
उनले अब देशको नेतृत्व गर्ने ठाउँमा पुगेमा राम्रा काम गर्ने बताए। पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न नपाएको र दोस्रो पटक भने केही राम्रा काम गरेको उनको भनाइ थियो।
दाहालले अबको एक महिनाभित्रमा गठबन्धनबाटै नयाँ सरकार बन्ने ठोकुवा गरे। उनले २०४७ सालदेखि यताका विशिष्ट श्रेणीका व्यक्तित्वको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताएका थिए।