चुनाबको परिणाम आइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै मिलेर अघि बढ्न आग्रह गरेका छन्।
बिहीबार दिउँसो दाहाललाई फोन गर्दै गर्दै ओलीले आफूहरुलाई हिजोका दिनमा टाढा पार्ने शक्तिहरु अहिले पनि क्रियाशील रहेकोले कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।
जबाफमा दाहालले यसो हुनुमा ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको भन्दै बसेर छलफल गर्न आफूलाई कुनै समस्या नभएको बताएका थिए।
दाहालको सचिवालयका अनुसार टेलिफोन कुराकानीमा दाहाल र ओली दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए। ।