पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीलाई २ हजारभन्दा बढी मतले पराजित गरेर बिष्ट विजयी भएका हुन्।
गुल्मीबाट गोकर्ण विष्ट तेस्रो पटक निर्वाचित भएका हुन्। गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।