प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी अाज बसेकाे छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठकमा समानुपातिक बन्द सूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र जारी छलफलबारे समिक्षा भएकाे बताइएकाे छ ।
आगामी ४ मंसिरमा हुने निर्वाचनलाई लिएर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहँदा कांग्रेसभित्रकाे अान्तरिक विवादले अप्ठयाराे अवस्था सिर्जना गराएकाे छ । कांग्रेसका संस्थापन इतर नेताहरूले सिट बाँडफाँटमा पार्टीले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति देउवालाई दबाब दिँदै आएका छन् ।
यसैबीच, कांग्रेसले पार्टी केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षले पार्टीभित्र भ्रम छरेको बताएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा प्रकाशशरण महतले साे कुरा बताएका हुन् ।
समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने अडान राखेको छ ।