सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की मंगलवारबाट निजी कामकाे सिलसिलामा भारत भ्रमणमा निस्केकाे हुँदा हरिकृष्ण कार्कीले स्वत: कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन् ।
उनी स्वदेश फर्केर आउने समयमा अवकाश भइसक्ने हुँदा केहीदिन अघि नै उनकाे विधाइ गरिएकाे थियाे । आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश नबनी १६ असोजबाट अवकाश पाउँदैछन् । जबराको निलम्बनपछि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।
कामु प्रधानन्यायाधीश कार्की तीर्थाटनका लागि भारत जाने भएपछि आजदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हालेका हुन् । कामु प्रधानन्यायाधीश कार्की मंगलबारबाट तीर्थाटनका लागि भारत निस्केका छन् ।