सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना भाइरस संक्रमण भएकाे छ ।
कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएपछि हाल उनी होम आइसोलेसनमा बसेका छन् । कार्की शुक्रबारसम्म अदालतमा उपस्थित थिए । उनले अाफू निकट रहेर काम गर्नेहरूलाइ पनि काेराेना टेष्ट गर्न अनुराेध गरेका छन् ।
यसैबीच, कामु प्रधानन्यायाधीश कार्कीलाई कोभिड भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।