सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छिन् । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।
सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले गरेकाे फैसला सर्वोच्च अदालतले सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिएकी हुन् ।
मोरङको कदमाहा गाउँ विकास समितिमा रहेको ३ कठ्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप कीर्ते गरेकी थिइन्।
खातुन नेकपा एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपा एमालेले रिक्त स्थानमा बन्द सूचीमा रहेको नामबाट सांसद नियुक्त गर्ने तयारी गरेको छ ।