क्यान्सर पीडित शम्भु तामाङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर भेटेका छन्।प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन पहल गर्ने बताएको सचिवालयले जनाएको छ।सन् १९७३ मा तामाङले कम उमेरमा सगरमाथाको आरोहण कीर्तिमानी कायम गरेका थिए। सिन्धुपाल्चोक घर भएका तामाङ महाराजगञ्ज बस्छन्।