Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
स्पेसखबर
स्पेसखबर काठमाडौं, ७ असार
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत

 

प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेकामा धन्यवाद दिँदै प्रधानमन्त्रीले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने आग्रह गरे ।
 
सांसद दिव्यमणि राजभण्डारीले एसपिपी अघि नबढाउने नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको बताउँदै यस निर्णयबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रपे्रमी छवि बढेको बताए । साथै आगामी दिनमा पत्राचार गर्दा परराष्ट्रमार्फत मात्र गर्नुपर्ने नेपाल सरकारको निर्णय पनि स्वागत भएको उनले बताए ।
 
बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले उग्रराष्ट्रवादका नाममा संसद्मा के के बोल्न थालेको बताउँदै यस्ता कुरा जनताले नबुझ्ने भएकाले जनजीविकाका विषयमा आवाज उठाउन आग्रह गरे। उनले किसानलााई समयमै रासायनिक मलको आवश्यक व्यवस्था गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले धेरै क्षेत्रमा असर पार्ने बताउँदै यसको समाधानका विकल्पबारेमा सोच्न तथा मौसमी विपद्बाट हुने क्षतिका लागि पूर्वतयारी गर्न समेत आग्रह गरे ।
 
सांसद हरिराज अधिकारीले सरकारको एसपिपी अघि नबढाउने निर्णयको स्वागत गर्दै नेपालजस्ता मुलुक कसैको नभएर सबैको हुन सक्छाँै भने । सााथै उनले मनसुनी बाढीपहिरोबाट हुनसक्ने क्षतिका बारेमा पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद पार्वतीकुमारी विशङ्खेले माथिल्लो कर्णाली आयोजना १४ वर्षमा पनि अघि नबढेको बताउँदै दैलेखको दुल्लुका जनताले नेपाली सेनाले उपभोग गरेको जग्गाको मुआब्जा हालसम्म नपाएको जानकारी गराउँदै तत्काल मुआब्जा दिलाउन सभामुखमार्फत सरकारसँग माग गरिन्।
 
सांसद अनिलकुमार झाले सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास आयोजना व्यवस्थितरुपमा अघि नबढाएका कारण रौतहटको गौर र ग्रामीण क्षेत्रमा बाढीले जलमग्न हुने अवस्था सिर्जना भएकाले समाधानका लागि सरकारसँग आग्रह गरे ।
 
सांसद प्रमोद साहले सरकारले किसानलाई आवश्यक मात्रामा रसायनिक मल प्रदान गर्न नसकेको उल्लेख गर्दै किसानले भारतीय सीमाबाट ल्याएको एक÷दुई बोरा मल पनि साइकल, मोटरसाइकलसहित पक्रेर कारबाही गर्ने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद राजेन्द्रप्रसाद लिङ्देनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएका बेला सरकारले विद्युतीय सवारी साधनमा करछुट गरेर प्रोत्साहन गर्नुपर्नेमा केही सीमित व्यापारीको स्वार्थमा बजेटमा व्यवस्था ल्याएको भनी आलोचना गरे । साथै उनले मुलुकमा भएका सबै भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग गठनका लागि मागसमेत गरे ।
 
सांसद प्रेम सुवालले क्यान्सरजस्ता घातक रोगका राम्रा औषधि स्वदेशमा नहुँदा विदेशमा औषधोपचार गर्न जनता बाध्य भएको बताउँदै स्वास्थ्य बीमा कार्यक्रममा आवश्यक सहयोग नभएकाले जनता मारमा परेको बताए ।
 
सांसद खगराज अधिकारीले स्वास्थ्यसम्बन्धी हक जनताको मौलिक अधिकार भएको अवस्थामा जनताले सहजरुपमा सेवा लिनका लागि स्वास्थ्य बीमा कार्यक्रम उत्तम भए पनि सरकारले यसलाई पङ्गु बनाएर निजी क्षेत्रलाई सुम्पिएको आरोप लगाए ।
 
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, ०८:५८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • आज गाईजात्रा पर्व मनाइँदै
  • जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
  • पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
  • 'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
  • एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
  • सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
एउटै चुनाव चिह्नमा लडाैं  भन्ने  बाबुरामकाे प्रस्तावमा प्रचण्डले के भने?
एउटै चुनाव चिह्नमा लडाैं भन्ने बाबुरामकाे प्रस्तावमा प्रचण्डले के भने?
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले किन गरिन् अलमल?
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले किन गरिन् अलमल?
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP