जनकपुधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाएका छन्।
साहले ५ हजार ६१ मत पाएका छन्। एमालेका शिवशङ्कर साह ३ हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी १ हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार ४०८ मतका साथ चौथोे स्थानमा छन्।
निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह १ हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन्।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेका छन्। उनले ५ हजार ३९५ मत पाएका छन्। एमालेका रुना झाले ३ हजार ५६४ मतका साथ पछ्याइ रहेका छन्।