Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
स्पेसखबर
स्पेसखबर काठमाडौं, ४ जेठ
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
 
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
 
मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्लाका २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकका मत परिणाम प्राप्त भइरहेको छ । मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ ।
 
सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जीत हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जीत र नौ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जीत र आठ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् । मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ४५ स्थानमा जीत हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ ।
 
माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जीत र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जीत र चारमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् । मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जीत हासिल गरी २९ मा अग्रता कायम गरेको छ ।
 
सो पदमा एमालेले ९९ स्थानमा जीत हासिल गरी २५ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ । अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन् ।
 
मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जीत हासिल गरी ३४ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९७ स्थानमा जीत हासिल गरी २७ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले १० स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ ।
 
अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् । मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जीत हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ६०९ मा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ ।
 
जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जीत र १२ मा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन् । महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जीत हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जीत हासिल गरी ८३ मा अग्रता कायम गरेको छ ।
 
माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जीत र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन् । दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जीत हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ ।
 
सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जीत र १४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन् । यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जीत हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ ।
 
सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जीत हासिल गरी ८६ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जीत र १५ मा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन् । विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९, ०९:३६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
  • चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
“ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे”
“ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे”
  • ताजा समाचार
  • ट्रेण्डिङ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त 5
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP