सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्।
मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका हमालले मतान्तर बढाउँदै लगेका छन्। जारी मत गणनाको पछिल्लो परिणाम अनुसार हमाल सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा २ हजार बढी मतले अगाडि छन्। ११ हजार ४२९ मत गणना हुँदा हमालले ४ हजार ९१८ मत पाएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका वडले २ हजार ५९५ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २२९ मत पाएका छन्। शुक्रवार भएको निर्वाचनमा ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।