जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। दोब्बर मतका साथ साहले अग्रता लिएका छन्।
जारी मतगणनामा कांग्रेसबाट राजीनामा दिई उम्मेदवारी दिएका मनोज साह १ हजार २६४ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले पछ्याइरहेका छन्। साहले ६३८ मत पाएका छन्।
सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साह चौथो नम्बरमा छन्। उनले १ सय ९६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गरेका छन्। लोसपका उम्मेदवार मनोज चौधरीले १ सय ६४ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका किशोरी साहको अग्रता कायमै छ। साहले १ हजा ४५४ मत पाएका छन् भने नेकपा एमालेकी रुना झाले ७ सय १७ मत तथा लोसपाकी रिता झाले २ सय २४ मत पाएकी छन्। प्राप्त गरेकी छन्।