स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानमा आजै साँझबाट मतगणना सुरु हुने भएको छ । विहान ७ बजेबाट सुरू भएकाे मतदान केही स्थानमा बाहेक निर्धारित समयमा नै सम्पन्न भएकाे छ ।
मतदानकार्य सम्पन्न भएका स्थानमा मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने कार्य जारी रहेकाे छ । सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य सम्पन्न भएकाे जनाइएकाे छ । दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकाेमा सहमतिपछि सञ्चालन गरिएकाे छ ।