जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान,लोकतन्त्रक र व्यवस्था बचाउन सत्ता गठबन्धन गरिएको बताएका छन्।
सोमबार रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थित मानपकडीमा आयोजित बृहत पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले संविधान अहिले पनि पूर्ण नभएको र संविधान परिमार्जित गर्नुपर्छ भन्ने पक्षमा आफुहरुको रहेको बताउदै संविधान र व्यवस्था बचाउन सत्ता गठबन्धन गरेको बताए।
पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनसम्म नै गठबन्धनलाई निरन्तरता दिने बताउदै आफुहरु गठबन्धन प्रति ईमान्दार रहेको तर २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने जानकारी दिए। उनले गठबन्धन सम्मानजनक रुपले अघि बढे आफुहरु साथ रहने जानकारी दिदै बेइमानी, हेप्ने र चेप्ने काम गरे आफूहरुले विकल्प सोच्ने चेतावनी दिए। उनले नेकपा एमाले,कांग्रेस,माओवादी कुनै पनि पार्टीले देशको विकास,सम्वृद्धि नगर्ने बताउदै देशको मुहार फेर्ने गरी आफुहरु पार्टी बनाउन लागेको जिकिर गरे ।
कार्यक्रममा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा पार्टी परीत्याग गरी करिब ३०० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।