कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।
बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएका मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए पछि बैठक स्थगित गरिएको हो ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको जनाइएकाे छ बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।