नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा राेक लगाएकाे छ ।
गृह मन्त्रालयले अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई निर्देशन दिएको हाे ।यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाइसकेका छन् ।
दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'का संक्रमित भेटिन थालेपछि सरकारले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।
अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।गृह मन्त्रालयको निर्देशन लगत्तै अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'बाट संक्रमित विश्वका केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा गर्दै अाएका छन् ।