प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त गरेका हुन्।
तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन्। यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।