सरकारले बाढी, पहिरो र डुबान प्रभावितहरुलाई खाद्यान्न लगायतका आधारभूत समस्या भएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।
राहत वितरण भइरहे पनि पहुँच हुनेले पाएकाे र कतिपयले पाउन नसकेकाे गुनासाे सुनिन थालेपछि गृहमन्त्रालयले खबर गर्न आग्रह गरेकाे हाे । सङ्घ, प्रदेश र पालिका गरी तीनै तहको सरकारले प्रभावितहरूका लागि हिजोदेखि नै राहत वितरण सुरू गरेकाे छ ।
बाढी पहिराेले कतिपयकाे घर, खेत र अन्न समेत बगाएकाले भाेकभाेकै परेका छन् । बाढीले सबैभन्दा बढी मार तराइका किसानहरूलाइ परेकाे छ। मुखमा आएकाे धनबाली सबै बगाएकाे छ । उनीहरूलाइ अब वर्ष दिनभरि के खाएर बस्ने भन्ने चिन्ताले सताउन थालेकाे छ ।
अहिले धेरै मानिस स्कुल लगायतका सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् । बेमाेसमी वर्षाले कराेडाैंकाे जनधनमा क्षति पुगेकाे छ।