नेकपा एमालेले वाग्मती प्रदेशकाे संसदीय दलको नेता परिवर्तन गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका नेताबाट राजीनामा दिएका छन् । उनकाे स्थानमा नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरिएकाे छ ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले नेत्री शाक्यलाई सर्वसम्म चयन गरेकाे हाे । उनलाइ मुख्यमन्त्रीमा नियुक्ति गर्ने गरी संसदीय दलको नेतामा चयन गरेको हाे ।
मुख्यमन्त्री पौडेलले आफ्नो पदबाट राजीनामा दिएर शाक्यका निम्ति बाटाे खाेलिदिने भएका छन् । स्राेतका अनुसार शाक्य भाेलि मुख्यमन्त्री बन्दै छिन् । केही समय अघिसम्म माधव नेपाल पक्षमा रहेकी शाक्य एकाएक अाेली पक्षमा लागेकी हुन् । यसले नेपाल पक्षलाइ ठूलाे धक्का लागेकाे छ ।