नेपाली कांग्रेसले विवाद समाधानका लागि भन्दै क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन पुनस् समितिलाई फिर्ता पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको उनले बताए । समितिले बिहीबार पुन प्रतिवेदन बुझाउने र बिहीबार दुई बजे बस्ने बैठकले आवश्यक निर्णय गर्ने शर्माले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्नका लागि बिहीबारको बैठकले आगामी कदम चयन गर्ने उनले बताए । प्रवक्ता शर्माले महाधिवेशनको मिति हेरफेर गर्ने बिषयमा छलफल नभएको र कोरोना र जिल्लाको समग्र अवस्थाका बारेमा छलफल गरेर आवश्यक निर्णय हुने धारणा राखे ।
उनले क्रियाशिल सदस्यताका बिषयमा देखिएको विवाद समाधान हुन नसके विवादीत जिल्लामा पुरानै क्रियाशिल सदस्यतालाई मान्यता दिन सक्ने भएपनि सकेसम्म विवाद मिलाउनेमा नै आफुहरुको ध्यान केन्द्रीत रहेको बताए। कांग्रेसले साउन १२ गते वडा तहको अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपनि वडा तहको अधिवेशन स्थगित भइसकेको छ ।